सत्तारूढ सात दलको बैठक बालुवाटारमा

काठमाडौं— सत्तारूढ सात दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।
बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टी अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष एवम् मन्त्री रञ्जिता श्रेष्ठ, आम जनता पार्टी अध्यक्ष प्रभु साह लगायत सत्तारूढ दलका नेताहरूको सहभागिता छ ।
बैठकमा सत्ता गठबन्धन, सरकारको प्रभावकारिता, सदन सञ्चालन लगायत विषयमा छलफल हुने ठानिएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २१, २०८० १०:२०