
काठमाडौं— प्रमुख सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले के बोल्दा कस्तो असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती भएको बताएका छन् ।
सोमबार एक पुस्तक विमोचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिकाबारेमा टिप्पणी गर्दै संघीय सांसदसमेत रहेका शर्माले ‘नेपालको प्रधानमन्त्री नेपालको संसदले चयन गर्दछ र गर्ने हो’ ट्वीटरमा भनेका छन् ।
उनले लेखेका छन्, ‘मित्र राष्ट्रहरूलाई मित्रताकै सीमामा राख्ने कर्तव्य मूलतः प्रधानमन्त्री कै हो । आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो ।’
प्रधानमन्त्रीले गलत बोल्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको भएको पनि उनले बताएका छन् ।
उनले भनेका छन्,‘प्रधानमन्त्रीले गलत बोल्दा या गलत कार्य गर्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको हुन्छ सत्तारूढले नै प्रश्न गरेका छौँ प्रतिपक्षको त मूल कर्तव्य नै हो ।’
हलुका अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो l नेपालको प्रम नेपालको संसदले चयन गर्दछ र गर्ने हो l मित्र रास्ट्रहरुलाई मित्रताकै सिमामा राख्ने कर्तव्य मुलत प्रमकै हो !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) July 5, 2023
अत प्रश्न हामीनै उठाइरहेका छौं, प्रतिपक्षको त मुल कर्तव्यनै हो !
आलोच्य अभिव्यक्तिको आलोचना जरुरी l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) July 5, 2023
तर मिटर ब्याज पीडितहरुलाई न्यायदिन ल्याइएको `केही नेपाल ऎन संशोधन गर्ने विधेयक´ आज संसदबाट पारित नहुँदा निष्क्रिय भएको छ l `विधेयक पारित हुन दिएर मात्र अवरोध गरौं´ भन्ने बुद्दिमत्ता कुनैपनि विपक्षी दलमा देखिएन l
अत्यन्तै दु:खद !!!!