
चितवन— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू भारतको सहयोगमा प्रधानमन्त्री बनेको अभिव्यक्ति नदिएको बताएका छन् ।
बिहीबार बिहान चितवनको भरतपुरमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले भारतको सहयोगमा प्रधानमन्त्री भएको भन्ने अभिव्यक्ति पुष्पकमल दाहालले नदिएको बताएका हुन् ।
उनी भन्छन्, ‘हाम्रो प्रधानमन्त्रीले मैले नेपालको प्रधानमन्त्री हुन विदेशमा मान्छे पठाएको थिएँ, त्यसको सहयोगबाट म प्रधानमन्त्री भएको हुँ भनेर कहीँ भन्नुभएको छैन ।
प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा साेमबार दाहालले विवादास्पद अभिव्यक्ति दिएका थिए ।
‘उहाँ (सिंह) ले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटि दिल्ली जानु पनि भयो । काठमाडौंमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो,’ दाहालले भनेका थिए ।
प्रचण्डको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले प्रधानमन्त्रीबाट राजीनामा माग गरेका छन् ।