सानेपामा कांग्रेस जिल्ला सभापतिहरू भेला हुँदै

काठमाडौं— प्रमुख सत्तारुढ नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको भेला बस्दैछ ।
बिहीबार दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा हुने भेलामा क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरणको विषयमा छलफल गर्ने तयारी छ ।
पार्टीको विधान बमोजिम गर्नुपर्ने विभिन्न तहका सम्मेलनका विषय पनि बैठकको कार्यसूची छ ।
जिल्ला सभापतिहरूको भेलामा पार्टी संचालन तथा व्यवस्थापन लगायतका अन्य विविध सांगठनिक विषय पनि छलफल हुने बताइएको छ ।
त्यसैगरी कांग्रेसले एक वर्षपछि केन्द्रीय कार्यसमितिको बैठक असार २७ गतेका लागि बोलाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २१, २०८० ०७:४३