News Griha :: न्यूजगृह
मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं— देशभर बिहीबार बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले कर्णाली, गण्डकी, बाग्मती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ ।

महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

कोशी र मधेस प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  ०६:३९
Weather Update