News Griha :: न्यूजगृह
प्रधानमन्त्रीको राजीनामा मागेका छैनौँ : रास्वपा सांसद झा

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा नमागेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद झाले आफूहरुले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग लागेर प्रधानमन्त्री दाहालको राजीनामा नमागेको बताए ।

उनले प्रधानमन्त्री दाहालको अभिव्यक्ति  संसद, लोकतन्त्र र निर्वाचन प्रक्रियालाई अवहेलना गर्नेगरी आएको भन्दै यसप्रति रास्वपाको प्रश्नहरु रहेको र सोही प्रश्नका लागि संसद बैठकमा उठेको स्पष्ट पारे ।

‘अरु दलले राजीनामा मागेको कुराको जिम्मेवारी हामी लिदैनौँ । हामीले बोल्नै पाएका छैनौँ भनेपछि हामीले के माग्यौँ भन्नेकुरा कसरी आँकलन गर्नुहुन्छ ? एकैतिर बसेको भएकोले उहाँहरु पनि उठ्नुभयो । हामी पनि उठ्यौँ । तर हामी फरक बेन्चमा बस्छौँ । उहाँहरु फरक तरिकाले बस्नुहुन्छ । उहाँहरुको राजनीतिक अस्तित्व र परिचय सदनमा फरक छ,’उनले भने ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १९:५१
Weather Update