News Griha :: न्यूजगृह
माओवादी सांसद दाहाल भन्छन्— प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने गरी कुनै राष्ट्रघात गर्नुभएको छैन

काठमाडौं— नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने गरी कुनै राष्ट्रघात नगरेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग गरी संसद् अवरोध गरेपछि सञ्चारकर्मीसँग बोल्दै उनले एमालेले सरकार बाहिर बसेको पीडा अभिव्यक्त गरेको बताए ।

उनले सरकार अंकगणितले बन्ने र बहुमत गुमाएको दिन स्वतःराजीनामा हुने भन्दै अहिले नै राजीनामा दिनलाई कुनै राष्ट्रघाती सन्धि नगरिएको बताए । उनले प्रतिपक्ष दलले जस्तो देश नबेचेको पनि बताए ।

‘एमाले सरकार बाहिर बसेको कारणले उहाँहरुलाई ठूलो पीडा छ । आवेग छ । त्यो आवेग अभिव्यक्त हुन्छ । प्रधानमन्त्रीको जवाफ माग गरेको भएहुन्थ्यो । राजीनामा जो माग गर्नुभयो, उहाँहरुलाई थाहा रहेनछ, सरकार कसरी बन्छ । सरकार अंकगणित हिसावले बन्छ । जुनदिन यो सरकारले बहुमत गुमाउँछ, त्यो दिन स्वतः राजीनामा हुन्छ ।’

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १९:३४
Weather Update