News Griha :: न्यूजगृह
प्रधानमन्त्रीको अभिव्यक्ति आलोचनायोग्य छ, सत्ता पक्षको सांसद भए पनि त्यसमा समर्थन जनाउँदिन : शर्मा

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको विवादास्पद अभिव्यक्ति आलोचनायोग्य रहेको टिप्पणी गरेका छन् ।

उनले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसको विमति रहेको बताए । प्रधानमन्त्रीको अभिव्यक्तिको विषयलाई लिएर विपक्षी दलहरूले बुधबार संघीय संसद्का दुवै सदन अवरुद्ध पारेका थिए ।

संसद् भवनबाट बाहिरिने क्रममा महामन्त्री शर्माले प्रधानमन्त्री दाहालको अभिव्यक्ति आलोचनायोग्य भएको बताएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीले हिजो जे बोल्नुभयो,म सत्तापक्षको एउटा सांसद भए पनि त्यसमा समर्थन जनाउनुपर्छ भन्ने हुँदैन । उहाँले दिएको अभिव्यक्ति आलोचनाका लागि योग्य छ । उहाँले गलत बोल्नुभएको छ । त्यसमा मेरो प्रष्ट रुपमा विमति नै छ ।’

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १९:२३
Weather Update