News Griha :: न्यूजगृह
प्रतिनिधि सभाको बैठक शुक्रबारसम्मका लागि स्थगित

काठमाडौं— नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधका कारण आधा घण्टाका लागि स्थगित प्रतिनिधि सभाको बैठक शुक्रबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटकपटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिलाई लिएर एमाले, रास्वपा र राप्रपाले संसद् अवरोध गरेका थिए ।

उनीहरूकाे अवरोधपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । तर पुनः बैठक सञ्चालन गर्ने विषयमा दलहरुबीच सहमति नजुटेपछि शुक्रबारसम्मका लागि स्थगित गरिएको हो ।

शीर्षक सच्याइएको छ : सम्पादक

sansad1688565397.jpg

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १९:००
Weather Update