News Griha :: न्यूजगृह
काठमाडौंको सीडीओमा जितेन्द्र बस्नेत 

काठमाडौं— गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा जितेन्द्र बस्नेतलाई पठाएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयका सीडीओ धनश्याम उपाध्याय सचिवमा बढुवा भएपछि उनको ठाउँमा सहसचिव बस्नेतलाई पठाइएको हो ।

मङ्गलबारको मन्त्रिपरिषद् बैठकले सहसचिव उपाध्यायलाई सचिवमा बढुवा गरेको थियो । बस्नेत यसअघि गृह मन्त्रालयको प्रवक्ता  थिए । 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १३:२८
Weather Update