News Griha :: न्यूजगृह
बाढीपहिरोले तीन राजमार्ग अवरुद्ध

काठमाडौं— लगातारको वर्षाका कारण बाढीपहिरोले यातायात सञ्चालनमा समस्या ल्याएको छ । सडक विभागले दिएको जानकारी अनुसार विहान तीन वटा राजमार्ग अवरुद्ध छन् भने १३ वटा राजमार्ग एकतर्फी सञ्चालनमा छन् ।

विभागको भनाइमा केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम गणेशचोक, ताप्लेजुङ–ओलाङचुङगोलासम्म पुग्ने मेची राजमार्गअन्तर्गत हेवा खोलामा पुल बगाएको छ । त्यसले मेची राजमार्ग सञ्चालनमा आउन सकेको छैन ।

त्यस्तै चतरा–मुलघाट–माझीटार–अमपारपुरडाँडा–गणेशचोक पुग्ने तमोर करिडोरअन्तर्गतको माझीटारमा अवरुद्ध हुँदा त्यो सडक पनि सञ्चालनमा छैन ।

रानी–विराटनगर, इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथाङ्का पुग्ने कोशी राजमार्गको हाइटारमा अवरुद्ध हुँदा त्यो राजमार्ग पनि सञ्चालनमा आउन सकेको छैन ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  ०८:५०
Weather Update