भइरहेको छ यी प्रदेशमा वर्षा

काठमाडौं— हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
राति कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशको एक/दुई स्थानमा मेघगर्जन,चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
बुधबार पनि कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन,चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
प्रकाशित मिति: मंगलबार, असार १९, २०८० २१:५५