News Griha :: न्यूजगृह
गगनलाई बालेनले भने— शैक्षिक संघसंस्थामा कांग्रेसको भातृ संगठन नभएको घोषणा गर्दछौं,बोलेका कुरा पूरा गर्नुस्

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौं महानगरपालिका भित्रका शैक्षिक संघसंस्थामा नेपाली कांग्रेसको कुनै भातृ संगठन नभएको घोषणा गरेका छन् ।

सोमबार एक कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद गगन थापाले ‘झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन’ भन्ने भनाइको स्मरण गराउँदै साहले काठमाडौं महानगरभित्रका शैक्षिक संघसंस्थामा नेपाली कांग्रेसको भातृ संघसंगठन नभएको घोषणा गरेका हुन् ।

मेयर साहले मंगलबार साँझ फेसबुकमा लेखेका छन्,‘माननीय गगन थापाज्यू,दलको हिजो एक कार्यक्रममा झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भनेर त भन्नुभयो, नेपाली काँग्रेसको महामन्त्रीज्यूले नै भनेपछि काठमाडौं महानगरभित्रका सबै विद्यालय,शिक्षण संस्था, कार्यलय सबैतिर कांग्रेस पार्टीको कुनै पनि भातृ संगठन नभएको घोसषा गर्दछौँ ।’

मेयर साहले बोलेको कुरा पूरा गर्न सांसद थापालाई अनुरोध गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  २०:५७
Weather Update