News Griha :: न्यूजगृह
हवाई भाडा घट्यो, अब कहाँ जान कति लाग्छ ?

काठमाडौं— आन्तरिक हवाई भाडादर घटेको छ । बुधबारबाट लागु हुने गरी हवाई भाडा घटाइएको हो ।

नेपाल आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर १४ रुपैयाँ घटाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्बन्धित वायुसेवालाई बुधबारदेखि लागु हुने गरी भाडादर घटाउन निर्देशन दिएको छ ।

काठमाडौं–भद्रपुर भाडा चार सय २० रुपैयाँले घटेको छ । त्यसैगरी काठमाडौं–भैरहवाको भाडादर हालको भन्दा २८५ रूपैयाँले घटाइएको हो ।

काठमाडौंंबाट माउन्टेन फ्लाइट ४८५, भद्रपुर ४२०, विराटनगर ३३५, जनकपुर १८०, भरतपुर १५०, पोखरा २२५, भैरहवा २८५, नेपालगञ्ज  ४५५, तुम्लिङटार २६०९ र सिमराका लागि १२५ रुपैयाँ कम भएको छ । 

hawai1688481674.jpg

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  २०:२३
Weather Update