News Griha :: न्यूजगृह
एमाले अध्यक्ष ओली भन्छन्— दश दलीय गठबन्धन महिला विराेधी

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति निर्वाचनमा दश दलीय गठबन्धनले जालझेल गर्न खोजेको बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित अखिल नेपाल महिला संघ सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको चौथो विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उपराष्ट्रपति निर्वाचनमा दश दलीय गठबन्धनले जालझेल गर्न खोजेको बताएका हुन् ।

राष्ट्रपति र उपराष्ट्रपति फरक—फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि गठबन्धनले फरक समुदायको भनेर पुरुष नै उम्मेदवारी दिएर जालझेल गरेको ओलीले बताए ।

संविधानको मर्म राष्ट्रपति र उपराष्ट्रपति फरक—फरक समुदायको हुनुपर्ने नभएको ओलीको भनाइ छ । ओलीले भने, ‘हामीले अहिलेको संविधानमा ३३ प्रतिशत महिला हुनुपर्ने भनेका छाैं । अब राष्ट्रपतिमा समस्या आइराखेको छ । दश दलीय गठबन्धन जुन छ त्यो त महिला विरोधी छ । स्थानीय तह निर्वाचनमा पनि उनीहरूले कानुन छले ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली नेपालमा महिला राष्ट्रपति भयो भने उपराष्ट्रपति हुन नसक्ने भन्ने नरहेको बताए । नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  २०:२७
Weather Update