तिनाउ नदीमा जलसतह खतराको तहमाथि, ९ बजेसम्म सुरक्षित स्थानमा रहन अनुरोध

काठमाडौं— देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । राति १२ बजेदेखि लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भएको हाे ।
उक्त स्थान भएर बहने स–साना खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै होचा स्थानमा डुबान हुनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नदी तटीय क्षेत्रमा हुनेहरूले उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।
महाशाखाका अनुसार तिनाउ नदीमा जलसतहले खतरा तह पार गरेको छ । जल सतह बढ्दो क्रममा रहेको छ ।
तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानमा हुनेहरूलाई बिहान ९ बजेसम्म सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेको छ ।
प्रकाशित मिति: मंगलबार, असार १९, २०८० ०६:२४