यी जिल्लामा भारी वर्षा

काठमाडौं— हाल काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा वर्षा भइरहेको छ ।
पछिल्लो ६ घण्टादेखि स्याङ्जा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु, दाङ जिल्लामा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
उक्त स्थानका खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको छ ।
दिउँसो १ बजेसम्म यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रकाशित मिति: मंगलबार, असार १९, २०८० ०६:१८