News Griha :: न्यूजगृह
कृषि मन्त्रालयबाट सिँचाइ र जलस्रोत हटाउन नहुने समितिको ठहर 

काठमाडौं— कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले कृषि मन्त्रालयबाट सिँचाइ र जलस्रोत हटाउन लागिएको भन्दै सभामुखको ध्यानाकर्षण गराएको छ । 

सोमबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर समितिले यसअघि कृषि तथा सिँचाइलाई एउटै समितिमा समेटिएको भए पनि पछिल्लो नियमावलीमा फरक व्यवस्था राखिएको भन्दै ध्यानाकर्षण गराएको हो । 

समिति सभापति अम्मरबहादुर थापाले पहिल्यैदेखि सिँचाइ र जलस्रोत मन्त्रालय कृषि समितिमा भएपछि अहिले हटाएको पाइएकाले ध्यानाकर्षण गराइएको बताए । 

‘पहिल्यैदेखि सिँचाइ र जलस्रोत मन्त्रालय कृषि समितिमा थियो । अहिलेको नियमावलीमा त्यो कटअफ भएछ । कृषिसँग सिँचाइ भएन भने,’ उनले भने ‘यी दुइटाको त एकदमै अन्योन्याश्रित सम्बन्ध छ । त्यो सम्बन्ध भाको हुनाले कृषि मन्त्रालय भित्र सिँचाइ आउनु प¥यो भनेर हामीले अनुुरोध ग¥यौँ ।’

त्यस्तै, उनले समितिले उठाएको विषयलाई सभामुखले पनि गम्भीर रूपमा लिएको बताए । उनले नियमावलीमा भएको व्यवस्था तुरुन्तै हटाउन सक्ने अवस्था नभए पनि सभामुखले आवश्यक विधिबाट त्यसलाई सम्बोधन गर्ने वचन दिएको जानकारी दिए । 

त्यसअघि आजै बसेको समितिको बैठकमा कृषि मन्त्रालयसँग अन्योन्याश्रित सम्बन्ध भएका सिँचाइ र जलस्रोत छुट्याउन नहुने विषयमा छलफल भएको थियो । 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १८:१६
Weather Update