News Griha :: न्यूजगृह
तिलगंगा आँखा अस्पताल चाँडै विश्वविद्यालयमा परिणत हुने : शिक्षामन्त्री राई 

काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले तिलगंगा आँखा अस्पताल चाँडै विश्वविद्यालयमा परिणत हुने बताएका छन् । 

सोमबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री राईले अस्पतालको सम्पूर्ण पूर्वाधार र सम्पत्ति विश्वविद्यालयलाई नै सुम्पिने गरी विश्वविद्यालयमा परिणत गर्न ऐन निर्माणको प्रक्रिया अगाडि बढाइसकेको बताएका हुन् । 

उनले भने, ‘तिलगगंगा आँखा अस्पतालले तिलगंगा स्वास्थ्य विज्ञान अध्ययन गर्ने कलेजको रूपमा काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन लिइकन कलेज चलाइरहेको थियो । त्यसले तिलगंगा आँखा अस्पतालको सम्पूर्ण पूर्वाधार र सम्पत्ति विश्वविद्यालयलाई नै सुम्पिने गरी विश्वविद्यालयमा परिणत हुन चाहन्छौँ भनेर सरकार समक्ष अनुरोध गरेको छ । त्यसलाई त्यो विषयमा ऐन निर्माणको प्रक्रियामा अगाडि बढेको छ, मस्यौदा हुँदै छ ।’

मन्त्री राईले मदन भण्डारी प्राविधिक विश्वविद्यालयको संरक्षक परिषद् मन्त्रिपरिषद्ले बनाउन अनुमति दिइकन यो वर्षबाट भर्ना सुरु गर्ने प्रक्रिया आरम्भ भइसकेको जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १७:५९
Weather Update