दलित समुदायको अपमान गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही भएन : सांसद पासवान

काठमाडौं— राष्ट्रिय सभा सांसद राधेश्याम पासवानले सिरहा जिल्ला भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवलाई कारबाही गर्न माग गरेका छन् ।
सोमबार राष्ट्रिय सभाको बैठकमा सांसद पासवानले अध्यक्ष यादवले दलित समुदायमाथि अपमानित व्यवहार गरेको र मुद्दा दर्ता भइसक्दा पनि कारबाही नभएको भन्दै कारबाही गर्न माग गरेका हुन् ।
उनले भने, ‘सामूहिक भोजमा दलित समुदाय र मुस्लिम समुदायलाई छुट्टाछुट्टै भोज खुवाइयो । पटकपटक सदनमा पनि भन्यौँ । मानवअधिकार आयोग, दलित आयोगबाट अनुसन्धानहरू गरेर मुद्दा दर्ता गरियो । तर, हालसम्म कारबाही हुन सकेको छैन । सम्बन्धित प्रशासनलाई समेत कारबाहीको माग गर्दछु ।’
साथै, दाङको तुलसीपुरमा दलित विद्यार्थीलाई जात थाहा पाएपछि डेराबाट बाहिर निकालिएको भन्दै दलित समुदायले कहिलेसम्म अन्याय सहनुपर्ने हो भनेर प्रश्न गरे ।
प्रकाशित मिति: सोमबार, असार १८, २०८० १४:३९