News Griha :: न्यूजगृह
शान्ति र लोकतन्त्रलाई निष्कर्षमा पुर्‍याउन मेरो विकल्प छैन : प्रधानमन्त्री प्रचण्ड 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति र लोकतन्त्रलाई निष्कर्षमा पुर्‍याउन तथा सङ्घीय गणतन्त्रमाथि देखिएको खतराको रक्षार्थ आफू प्रधानमन्त्री बन्नुको विकल्प नभएको जिकिर गरेका छन् । 

गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्ती विशेष एक कार्यक्रममा उनले संघीय गणतन्त्रमाथि खतराको घण्टी बजेको देखेर आफूलाई प्रधानमन्त्री बन्नैपर्ने लागेको बताए । उनले बेथिति र विसङ्गतिका विरुद्धमा लड्नको लागि योपटक आफैँ प्रधानान्त्री चाहिन्छ भन्ने लागेरै कांग्रेससँग सहकार्य गरेको समेत तर्क गरे । 

उनले भने, ‘म नभइहुँदैन जस्तो लाग्यो यसपटक । जसरी भए पनि प्रधानमन्त्री हुनुपर्‍यो भनेर म भएरै छाडेँ । विचित्रको अनुभूति भयो मलाई । झन्डै शतप्रतिशत सदनको भोट पनि पाएँ मैले । त्यसपछि कहिले यता कहिले उता जस्तो पनि देखियो तर, मेरो मनस्थिति के हो भने देशमा देखिएको बेथिति र विसङ्गतिका विरुद्धमा लड्नको लागि योपटक म चाहिन्छ भन्नेमा म दृढ थिए, छु अहिले पनि ।’

गिरिजाप्रसाद कोइरालाई प्रेरणाको स्रोत जीवनभरी मानिरहने बताएका उनले कांग्रेससंग गठबन्धन गर्दा निकै गम्भीर भएर निर्णय गरेको बताए । 
गठबन्धनमा समस्या हुन नदिने उनको प्रतिबद्धता छ । 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  ११:५८
Weather Update