News Griha :: न्यूजगृह
राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न नपाइने बनाऔँ : गगन थापा

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई स्थापित गर्नुपर्ने बताएका छन् । 

सोमबार स्व. गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीको अवसरमा काठमाडौंमा भएको कार्यक्रममा उनले विश्वविद्यालयलाई शतप्रतिशत राजनीतिबाट टाढा राख्नुपर्ने बताएका हुन् । 

उनले कुनै पनि दलको झोला बोक्ने प्राध्यापक, विद्यार्थी, कर्मचारी कसैलाई पनि विश्वविद्यालयले चिन्दैन भन्ने कुरा स्थापित गर्नुपर्नेमा जोड दिए । विश्वविद्यालयको अवस्था झनै कहालीलाग्दो भएको र यसको दोष राजनीतिक दल र सरकारको नेतृत्व गर्नेहरूले लिनुपर्ने उनको भनाइ छ । उनले उच्च प्राथमिकतामा राखेर ससदमा तत्काल, सङ्घीय शिक्षा ऐन ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराए । उनले सरकारले विद्यालय शिक्षामा आएको संकटलाई बुझ्न नसकेको बताए । 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  ११:०५
Weather Update