News Griha :: न्यूजगृह
गिरिजाप्रसाद कोइरालाको १००औं जन्मजयन्ती मनाइँदै

काठमाडौं— नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

वि.सं. १९८१ असार १८ गते जन्मिएका कोइरालाको वि.सं. २०६६ चैत ६ गते निधन भएको थियो ।

जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवम् शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीपप्रज्वलनलगायतका कार्यक्रम राखेका छन् ।

पूर्वसभापति कोइरालाले सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा (माओवादी) लाई शान्तिपूर्ण राजनीतिका मूलधारमा समाहित गराउन र गणतन्त्र स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

मुलुकमा पाँचपटक प्रधानमन्त्री र लामो समय कांग्रेसको पार्टी सभापति भएर काम गरेका थिए ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  ०९:३०
Weather Update