News Griha :: न्यूजगृह
गुरुप्रति श्रद्धाभाव प्रकट गरी गुरु पूर्णिमा मनाइँदै

काठमाडौं— सोमबार अषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा मनाइँदै छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धा र सम्मान प्रकट गरी गुरु पूर्णिमा मनाउने गरिन्छ ।

गुरुमार्फत प्राप्त गरेको ज्ञान र विवेकले आफ्नो जीवनमा पारेको प्रभावप्रति आभार व्यक्त गर्दै ज्ञानको पथमा सधैं अगाडि बढ्दै जाने प्रतिज्ञा र गुरुप्रति आभार व्यक्त गर्ने दिन गुरु पूर्णिमा हाे ।

सनातन धर्मावलम्बी र बौद्धधर्मावलम्बीहरूले आजको दिनलाई आफ्नो धर्म तथा पारम्परीक सांस्कृतिक ज्ञानको बाटो देखाउने गुरुप्रति आभार व्यक्त गर्ने विशेष दिनका रुपमा लिने गर्छन् ।

गुरुहरूलाई आदर र श्रद्धाका साथ हेर्ने गरिन्छ । गुरु, ज्ञान र गुरुत्वको महत्त्व गुरु पूर्णिमामा दर्शाइन्छ ।

अज्ञानता र अचेतनाको अँध्यारोबाट ज्ञान र चेतनाको उज्यालोमा ल्याउने, सही मार्ग प्रदर्शन गर्ने समस्त गुरुहरूलाई आजको दिन कोटी कोटी नमन गरिने गरिन्छ ।

 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  ०८:३०
Weather Update