News Griha :: न्यूजगृह
वास्तविकतामा नै सबै गुरुहरू सम्मानित बनून् : बालेन साह

काठमाडौं— काठमाडौं महानगरपालिकामा मेयर बालेन साहले वास्तविकतामा नै सबै गुरुहरू सम्मानित बन्नुपर्ने बताएका छन् । गुरु पूर्णिमाको अवसरमा सोमबार उनले गुरुहरूको विशिष्ट स्थान बन्नुपर्ने बताए ।

गुरु पूर्णिमाको शुभकामना व्यक्त गर्दै उनी सामाजिक सञ्जालमा लेख्नछन्,‘नियमहरु आफ्नै सभ्यता, समाज र विकासक्रमको आधारमा राख्ने हो । आधुनिक नियमले जसरी व्याख्या गरे पनि हाम्रो सभ्यता, सामाजिक चेत र विकासक्रमले गुरुलाई श्रम गर्ने मात्रको कोटीमा राख्दैन । राख्थ्यो भने सदियौँदेखि भनिदैन थियो–

गुरु ब्रह्मा गुरु विष्णु

गुरु देवो महेश्वरः

गुरु साक्षात परब्रह्म

तस्मै श्री गुरुवे नमः

मन्त्रमा मात्र होइन, वास्तविकतामा नै सबै गुरुहरू सम्मानित बनून् । उनीहरूको विशिष्ट स्थान बनोस् । सबै गुरुहरुप्रति असिम नमन् छ ।’

मेयर साहले गुरुहरूको तलब सुविधालाई श्रम ऐन, शिक्षा ऐनले सम्बोधन गर्दा सम्मानित हुन्छ भन्ने पनि सोचिदिनुपर्ने बताएका छन् ।

उनले गुरुलाई अवमूल्यन गर्ने समाज कस्तो हुन्छ भन्ने हेक्का राख्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  ०७:१७
Weather Update