काठमाडौं— राष्ट्रिय सभाको बैठक सोमबार बस्दैछ । बैठक दिउँसो १ बजेर १ मिनेटमा संसद् भवन, नयाँ बानेश्वरमा बस्ने छ ।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सबन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ । जसअनुसार वन तथा वातावरण मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शहरी विकास मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।
यसैगरी शिक्षा मन्त्री अशोक राईले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक–२०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।