News Griha :: न्यूजगृह
मौसम : वर्षासहित हावाहुरीको सम्भावना

काठमाडौं— देशका केही भू–भागमा सोमबार पनि वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र मधेस प्रदेशका एक/दुई स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

भारी वर्षाबाट गेग्रान बहाव, बाढीपहिरो तथा भू–क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्क रहन महाशाखाले जनाएको छ ।

बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी र मधेस प्रदेशको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  ०६:१८
Weather Update