प्रधानमन्त्री दाहालले बोलाए सीके राउतलाई सरकारमा

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतबीच भेट भएको छ ।
जनमत पार्टीका अध्यक्ष डा.राउतले आइतबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुगेर भेट गरेका हुन् ।
गठबन्धनमा रहे पनि केही असन्तुष्टि राख्दै सरकार बाहिरै रहेको जनमत पार्टीलाई प्रधानमन्त्री दाहालले सरकारमा सहभागी हुन आग्रह गरेको अध्यक्ष राउतले जानकारी दिए ।
अध्यक्ष राउतले भने,‘प्रधानमन्त्रीले तपाईंहरू सरकारमा आउनुस् म मिलाउँछु भन्नुभएको छ,अब गठबन्धनका सबै दलहरूबीच सहमति बनाउनुपर्छ ।’
प्रकाशित मिति: आइतबार, असार १७, २०८० २२:१९