कोशी प्रदेशको नामकरणबाट एमाले पछि हट्दैन : केपी ओली

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कोशी प्रदेशको नामकरणबाट पछि नहट्ने बताएका छन् ।
संघीय संसद् भवनमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै उनले प्रदेशको नामकरण दुई तिहाइले पास गरेकाले अरु दल भागे पनि आफ्नो दल नभाग्ने बताए ।
‘हामी कोशी प्रदेशमा ४० को सङ्ख्यामा रहेका छौँ । ८२ प्रदेश सभा सदस्यले पास गरेर नामकरण गरिएको हो’,उनले भने,‘हामी नामकरणबाट भाग्दैनौँ ।’
गत फागुनमा प्रदेश नं १ को नाम कोशी राखिएको थियो ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८० २२:०४