कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी काठमाडौं महानगरले छनोट गर्ने

काठमाडौं— काठमाडौं महानगरपालिकाले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा निजी विद्यालयले दिने छात्रवृत्तिका लागि आफैं विद्यार्थी छनोट गर्ने भएको छ ।
मेयर बालेन साहले आइतबार महानगरपालिका आफैंले विद्यार्थी छनोटका लागि परीक्षा सञ्चालन गर्ने बताएका हुन् ।
उक्त परीक्षाबाट सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, आदिवासी जनजाति, गरिब आदि आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति पाउने विद्यार्थी छनोट गर्ने उनको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८० २१:४२