News Griha :: न्यूजगृह
प्रतिपक्षको अवरोधपछि सारियो बाग्मती प्रदेश सभा बैठक

मकवानपुर— बाग्मती प्रदेश सभाको आइतबार साँझ बस्ने भनिएको दोस्रो बैठक विशेष कारणवश स्थगित भई असार १८ गते बिहान ११ बजे बस्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा सत्तापक्षले प्रतिपक्षसँग सहमति जुटाउने सिलसिलामा सर्वदलीय बैठक हुँदा सहमति जुट्न नसकेकाले आइतबार साँझ बस्ने भनिएको बैठक सोमबारको लागि सारिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सरकारका तर्फबाट प्रतिपक्षहरुसँग वार्ता गरी विवाद टुङ्ग्याउने सम्भावना रहेको र दिउँसो बैठक नियमित रुपमा सञ्चालन हुने बताए ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  २१:३१
Weather Update