News Griha :: न्यूजगृह
नेपालले यूएईलाई ३ विकेटले हरायो 

काठमाडौं— आईसीसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भएको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईलाई ३ विकेटले हराएको छ ।

आइतबार जिम्बावेको हरारेमा आयोजित खेलमा जितका लागि १८२ रन पाएको नेपालले ४४ औं ओभरमा लक्ष्य पूरा गर्‍यो ।

दश टोली सम्मिलित विश्वकप छनोटमा सुपर सिक्समा पुग्न असफल भएपछि मुख्य स्पर्धाबाट बाहिरिए पनि नेपालले सातौं स्थानको प्लेअफ सेमिफाइनलमा यूएईसँग खेलेको हो । नेपालले अब सातौं स्थानका लागि आयरल्याण्डसँग खेल्ने छ ।

टस जितेर फिल्डिङ रोजेको नेपालले चीर प्रतिद्वन्द्वी यूएईलाई सुरुदेखि नै दवावमा राखेको थियो । यूएई ४६.५ ओभरमा १८१ रनमा अलआउट भएपछि नेपालले १८२ रनको लक्ष्य पाएको थियो ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  २०:२२
Weather Update