News Griha :: न्यूजगृह
कोशीमा नयाँ सरकार गठनको आह्वान

विराटनगर— कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन् । नयाँ सरकार गठनको लागि उनले ५ दिनको समय दिएका छन् ।

उनले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आइतबार आह्वान गरेका हुन् ।

दलहरूले असार २१ गतेसम्म प्रदेश सभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री प्रस्ताव गर्नुपर्नेछ ।

शुक्रबार एमाले नेता हिक्मत कार्की प्रदेश सभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए ।

koshi gov1688307286.jpg

 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १९:५९
Weather Update