
काठमाडौं— फिफा विश्वकप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा भएको छ ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे एनिसले आइतबार ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार साउन १६ गतेदेखि बन्द प्रशिक्षण हुने छ ।
को–को परे टिममा ?
प्रारम्भिक टोलीमा गोल किपरमा किरणकुमार लिम्बू, अनिष देउला, दीप कार्की र अभिषेक बराल रहेका छन् ।
त्यस्तै, डिफेन्डरमा सीमान्त थापा, विमल पाण्डे, सनिष श्रेष्ठ, अनन्त तामाङ, अनिष गुरुङ, रोहित चन्द, अञ्जल महर्जन, छिरिङ लामा र अञ्जन राई अटाएका छन् । मुख्य प्रशिक्षक एनिसले मिडफिल्डरमा एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, अभाष लामिछाने, उत्सव राई, विशाल तामाङ, विवेक पौडेल र क्रिटिश रत्न छुन्जुलाई छानेका छन् ।
फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जिलेस्पीजंग कार्की र दिनेश हेन्जन छन् ।