News Griha :: न्यूजगृह
ललिता निवासको जग्गा संरक्षण गर्न तारबार लगाउँदै महानगर 

काठमाडौं— काठमाडौं महानगरपालिकाले ललिता निवासको सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउने भएको छ ।

महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली आइतबार दिउँसो बालुवाटार गएको छ ।

केही दिन अघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले यस प्रकरणमा चार जनालाई पक्राउ गरेको थियो ।

ब्यूरोले यसको अनुसन्धान गरिरहेको बेलामा महानगरले संरक्षण गर्ने भन्दै तारबार लगाउन लागेको हो ।  

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १४:३९
Weather Update