News Griha :: न्यूजगृह
जनस्तरमा वित्तीय साक्षरता बढाउनुपर्छ : सांसद श्रेष्ठ

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराज भक्त श्रेष्ठले जनस्तरमा वित्तियसाक्षरता बढाउनुपर्ने बताएका छन्  ।

आइतबार प्रतिनिधि सभा बैठकमा सांसद श्रेष्ठले वित्तीय शिक्षामा सुधार गर्नुपर्ने बताए ।

उनले भने, ‘स्थापित राजनीतिक दलकै नेताहरूको संरक्षणमा मिटरब्याज चलिरहेको भन्ने छ । म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । प्रहरीको उच्च पदस्थ कर्मचारीहरूकै संलग्नता छ भन्ने बजारमा सुन्छौँ ।’ 

त्यस्तै, उनले जनस्तरमा वित्तिय साक्षरता बढाउनुपर्नेमा जोड दिए । यसको लागि जनचेतना जगाउनुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे । सांसद श्रेष्ठले उत्पादनमा आधारित सहज कर्जा प्रवर्द्धनका लागि नीति ल्याउनुपर्ने बताए । 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १३:२८
Weather Update