बालेन विश्वका मेयरहरूको साझा संगठन सञ्चालक समितिको सदस्यमा निर्वाचित
1688282292.jpg)
काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन साह विश्वका मेयरहरूको साझा संगठन ‘वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज’ सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन् ।
आइतबार दुई वर्षे कार्यकालका लागि निर्वाचित भएका मेयर साहको कार्यकाल सन् २०२४ देखि २०२६ सम्म रहनेछ ।
मेयर साहले उक्त जिम्मेवारीमा रहँदा सदस्यहरूको सभाले तोकेका दिशा निर्देशहरू पूरा गर्नुपर्ने हुन्छ । वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज सन् १९८५ मा स्थापना भएको हो ।
यसले विश्वभरका राजनीतिक नेताहरू, नीति निर्माताहरू र व्यवसायीहरूबीचको एकता मार्फत महानगरीय हितहरूको वकालत गर्छ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८० १३:०१