News Griha :: न्यूजगृह
स्थगित प्रतिनिधि सभाको बैठक सुरु 

काठमाडौं—  १५ मिनेटका लागि स्थगित प्रतिनिधि सभाको बैठक सुरु भएको छ।

आइतबार बिहान बसेको बैठक केही मिनेटमै सभामुख देवराज घिमिरेले स्थगित गरेका थिए। अहिले उक्त बैठक सुरु भएको हो।  उनले आजको बैठकमा शून्य समयमा बोल्ने कार्यक्रम नरहने जानकारी गराएका थिए। 

त्यसपछि उनले प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेलाई विधेयक पेश गर्न अनुमति दिएका थिए।  विधेयक टेबल गरेपछि उनले अर्को बैठक १५ मिनेटपछि सुरु गर्ने जानकारी गराएका हुन्।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १२:३६
Weather Update