लेनिन पिक चढ्न आठ सदस्यीय नेपाली शेर्पा टोली किर्किस्तानमा

काठमाडौं— किर्किस्तानस्थित मध्य एसियाको ट्रान्स अले दायराको सबैभन्दा अग्लो हिमाल लेनिन चुचुरो आरोहणका लागि आठ सदस्य शेर्पा टोली किर्गिस्तान पुगेको छ ।
काठमाडौंबाट शनिबार त्यसतर्फ प्रस्थान गरेका उनीहरु आइतबार बिहान किर्गिस्तान पुगेका हुन् ।
लेनिन चुचुरोको २ चोटी सफल आरोहण गरिसकेका पेम्बा जाङ्बु शेर्पासहितको टोलीले त्यहाँ रहुन्जेल सहयोगी गाइडको रुपमा हिमाल आरोहण गराउने छ ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८० १२:३०