प्रेमिकामाथि कुटपिट प्रकरण : देशभरिका अदालतमा सेवाप्रवाह रोकियो

काठमाडौं— जिल्ला अदालत ललितपुरमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि कानुन व्यवसायीले कुटपिट गरेको विरोधमा देशभरिका अदालतका कर्मचारीले काम रोकेका छन् ।
घटनाको विरोधमा आइतबार उनीहरूले सबै अदालतमा काम रोकेका हुन् । कर्मचारीहरूले विरोधस्वरूप बिहान १० बजेदेखि साढे १ बजेसम्म काम नगर्ने जनाएका छन् ।
गत बुधबार अपराह्न साढे ४ बजे जिल्ला अदालत ललितपुरकी नायब सुब्बा प्रेमिका तामाङमाथि कानुन व्यवसायी ३६ वर्षीय अमिर लामिछानेले कुटपिट गरेका थिए। उक्त घटनापछि पीडितले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन्।
प्रकाशित मिति: आइतबार, असार १७, २०८० १२:०१