आज श्री एअरलाइन्सका सबै उडान स्थगित

काठमाडौं— श्री एअरलाइन्सले आज सबै उडान स्थगित गरेको छ ।
सबै विमानहरूको प्राविधिक परीक्षण गर्नका लागि सबै उडान स्थगित गरिएको एअरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ ।
शनिबार श्री एअरलाइन्सको काठमाडौंदेखि धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फर्काइएको थियो ।
विमानहरूको परीक्षण गरेपछि सोमबारदेखि सबै उडानहरू नियमित सञ्चालनमा आउने एअरलाइन्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८० ०९:३४