नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाइँदै

काठमाडौं— नारायणगढ–मुग्लिन सडकमा गएराति पुनः पहिरो गएसँगै सडक अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गएराति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको छ ।
आवश्यक उपकरणसहित पहिरो हटाउने क्रम जारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानाएको छ ।
एक सातादेखि सोहि स्थानमा पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । पहिरोका कारण धेरै यात्रुले सास्ती खेप्दै आएका छन् ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८० ०८:२२