News Griha :: न्यूजगृह
शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै सिंहदरबार घेर्ने तयारी

काठमाडौं— संघीय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित शनिबार काठमाडौंमा प्रर्दशन गरिएको छ ।

माइतीघर मण्डलामा नेपाल समाजवादी पार्टी (नेसपा) निकट विद्यार्थी युनियनको केन्द्रीय समितिले संघीय शिक्षा ऐन तत्काल ल्यउनुपर्ने, सार्वजनिक शिक्षाको सुधार गर्नुपर्ने, शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, विश्वविद्यालयमा राजनीतिक भागबण्डाको अन्त्य हुनु पर्नेलगायतका माग राखेर प्रदर्शन गरेकाे हो ।

युनियनका अध्यक्ष नेत्र चापागाईंले शिक्षा क्षेत्रमा रहेको पञ्चायती व्यवस्थाको अन्त्य हुनुपर्ने भन्दै शिक्षा मन्त्रीले तत्काल उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरी संघीय शिक्षा ऐन नल्याए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

उनले भने,‘उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक नगरे र तत्काल शिक्षा ऐन जारी नगरे हामी चरणबद्ध रुपमा आन्दोलन गर्छौं ।’

विरोध स्वरुप आइतबार देशभरिबाट शिक्षा मन्त्री अशोक राईलाई एसएमएस गर्ने, सोमबार संघीय सांसदलाई सिंहदरबारमा चिठ्ठी पठाउने लगायतका कार्यक्रम गर्ने र त्यति गर्दा पनि ऐन जारी नभए सिंहदरबार घेर्ने उनीहरूको घोषणा छ ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  ०६:५१
Weather Update