सदन
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं— प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
बैठकमा आर्थिक विधेयक, २०८० माथि छलफल तथा प्राप्त निर्णयार्थ प्रस्तुत गरिनेछ ।
बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक विधेयक, २०८० पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
महतले नै राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८० ०६:१५