जातीय छुवाछूत
दलित भएको भन्दै घरबाट निकाल्ने घरबेटी पक्राउ

दाङ— दलित भएको भन्दै भाडामा बस्नेलाई निकालेपछि प्रहरीले घरबेटीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घरबेटी घोराही उपमहानगरपालिका– १७ का ताराप्रसाद पोखरेललाई शनिबार पक्राउ गरिएको हो ।
पोखरेलले डेरामा बसिरहेका अछामका महेन्द्र बिक र हुम्लाका अङ्गराज नेपालीलाई घर निकाला गरेको प्रहरीले जनाएको छ ।
'तिमीहरू कामी रहेछौँ, घर बनाएदेखि दलितलाई छिर्न दिएको छैन । तिमीहरू घरमा आएदेखि म बिरामी छु भन्दै घरबाट निकालिदिनुभयो,' पीडित महेन्द्रकी श्रीमती शान्ति बिकले भनिन् ।
घटना शुक्रबार साँझको हो । पोखरेलविरुद्ध प्रहरीले जातीय छुवाछूत अन्तर्गत मुद्दा दर्ता गरी कारबाही गर्ने तयारी गरेको छ ।
प्रकाशित मिति: शनिबार, असार १६, २०८० १९:३०