News Griha :: न्यूजगृह
बजेट निर्माणको विद्यमान प्रक्रियाले समाधान दिँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति, कार्यक्रम र बजेटको विद्यमान विधिप्रक्रियाले समाधान नदिने बताएका छन् । 

कास्कीको पोखरामा शनिबार आयोजित राष्ट्रिय समन्वय परिषद्को प्रथम बैठकमा प्रधानमन्त्री प्रचण्डले यसलाई सबैको अपनत्व हुनेगरी बदल्नु जरुरी रहेको बताए । 

उनले भने, ‘नीति, कार्यक्रम र बजेटको परम्परा अर्को वर्ष ब्रेक गर्छौँ । अहिले हामीले नीति, कार्यक्रम र बजेटमा जुन मोडल र प्रक्रिया अवलम्बन गरेका छौँ, त्यसले समाधान दिँदैन । त्यसैले हामी यसलाई बदल्छौँ । जनप्रतिनिधि र सरोकारवाला सबैको अन्तरक्रियाबाट सबैको अपनत्व हुने गरी नीति, कार्यक्रम र बजेट बनाउँछौँ ।’

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १८:५०
Weather Update