News Griha :: न्यूजगृह
लोकतन्त्र बलियो बनाउन राजनीतिक दलहरू प्रतिबद्ध हुन सकेनन् : पूर्वसभामुख सापकोटा

काठमाडौं— पूर्वसभामुख अग्निप्रसाद सापकोटाले नेपालका राजनीतिक दलहरूमा लोकतन्त्रको कमी भएको बताएका छन् । 

६५औँ संसद् दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अहिले पार्टीभित्र बिचौलिया, माफिया मात्रै नभइ एकअर्कालाई आरोप लगाएर मूल्य, मान्यता र आदर्शमाथि नै प्रहार भइरहेको बताए । 

लोकतन्त्र प्रवचनको विषय नभइ जीवन व्यवहार र नयाँ सभ्यता, संस्कृति र सिद्धान्त भएको उनको भनाइ छ । उनले लोकतन्त्र बलियो बनाउका लागि नेपालका राजनीतिक दलहरू प्रतिबद्ध हुन नसकेको बताए । 

पूर्वसभामुख सापकोटाले कुनै पनि लाभका लागि सिद्धान्तको बलि चढाउनु निर्लज्जताको कुरा भएको बताए । पछिल्लो समय राजनीतिक सिद्धान्तमा पनि विचलन भइरहेको उनको भनाइ छ । 

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १८:२५
Weather Update