News Griha :: न्यूजगृह
हरेक क्षेत्रमा सुशासन र पारदर्शिता हुन जरुरी : उपसभामुख राना

काठमाडौं— उपसभामुख इन्दिरा रानाले संसद्मा सभामुखको फोटो राख्नुपर्ने बताएकी छन् । नेपालको संसद्मा पनि सिंगापुरको संसद्मा जस्तै सभामुखको फोटो राख्नुपर्ने बताएकी हुन् । 

६५औँ संसद् दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भनिन्, ‘अस्ति म सिंगापुर गएको थिएँ । डब्ल्यूटीओको कन्फ्रेन्समा । त्यहाँ पार्ल्यामेन्ट भिजिट गर्ने मौका पाएको थिएँ । त्यहाँ पहिलाका सभामुखज्यूले कस्तो टोपी लगाउनुहुन्थ्यो, कस्तो लुगा लगाउनुहुन्थ्यो ? अहिलेका सभामुखज्यूले कस्तो लगाउनुहुन्छ ? त्यो विकास क्रमअनुसार त्यसरी राख्नुभएको छ अभिलेखका रूपमा । हामीमा खै त त्यस्तो ? भित्र पस्ने बित्तिकै त्यहाँ सम्माननीय सभामुखज्यूको यत्रो फोटो राख्नुभएको छ । हाम्रो त छैन । यो कुरा मनन गर्नुपर्छ ।’

उपसभामुख रानाले हरेक क्षेत्रमा सुशासन र पारदर्शिता हुन जरुरी रहेको बताइन् । 

*सच्याइएकाे । 

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १८:१७
Weather Update