News Griha :: न्यूजगृह
सामाजिक सञ्जालको दुरुपयोग बढ्यो : रास्वपा उपाध्यक्ष अर्याल

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्यालले सामाजिकको व्यापक दुरुपयोग बढेको टिप्पणी गरेका छन् । 

शनिबार काठमाडौंमा आयोजित दोलखा–काठमाडौं सम्पर्क मञ्चको भेलामा उनले आफ्नो पार्टी र नेताविरुद्ध सामाजिक सञ्जालमा व्यापक प्रहार गरिएको गुनासो गरे । आफूमाथि पनि मेनपावर व्यवसायी भनेर सामाजिक सञ्जालमार्फत गलत आरोप लागेको भन्दै उनले असन्तुष्टि पोखे । 

उनले भने, ‘सामाजिक सञ्जालको सही सदुपयोग गर्नुपर्छ । श्रम मन्त्रालय चलाउँदै गर्दा । मेनपावर व्यवसायी भनेर हङ्गामा मच्चाइयो । मेनपावर व्यवसायी हुनु अपराध होइन, म त व्ययसायी थिइन, तर पनि व्यवसायीहरू मन्त्री हुनु हुँदैन भन्ने विचार चाहिँ अपराध हो ।’

अर्को निर्वाचनसम्म दोलखाका घर आँगनमा पुगेर पार्टीको प्रचार गर्ने बताएका उनले प्रदेश संरचना परिर्वतन हुनुपर्ने बताए । 

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १६:२६
Weather Update