News Griha :: न्यूजगृह
दक्ष जनशक्ति पलायन रोक्न नसके देश शून्य हुन्छ : सोविता गौतम 

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले दक्ष युवा जनशक्तिको पलायनलाई रोक्ने राष्ट्रिय राजनीतिको आवश्यकता परेको बताएकी छन् ।

शनिबार काठमाडौंमा आयोजित दोलखा–काठमाडौं सम्पर्क भेलामा उनले युवा जनशक्तिको विदेश पलायनको ट्रेन रोक्न नसके देश शून्यमा जाने बताइन् । 

उनले भनिन्, ‘देशको सम्पत्ति भनेको जनसङ्ख्या हो भनेर विदेशीले जानेका छन् । त्यसैले गरिब र निम्न आय भएका नागरिकलाई स्वास्थ्य, शिक्षा, रोजगारीजस्ता प्रलोभन देखाएर विदेश लगिरहेका छन् । त्यो ट्रेनलाई हामीले चिर्न सकेनौँ भनेदेखि हाम्रो नेपाल छिट्टै शून्य हुन्छ, त्यसलाई चिर्नको लागि आजको राजनीतिको आवश्यकता परेको हो ।’ 

उनले आफ्नो पार्टीलाई  निरन्तर आक्रमणको प्रयास भइरहेको भन्दै पार्टी सभापतिबाट सुरु भएको आक्रमण मन्त्री हुदै आफूसम्म आइपुगेको बताइन् । आम जनमानसलाई सहज रूपमा बाँच्न सक्ने वातावरण बनाउने भिजन बोकेर देश बनाउन राजनीतिमा आएको उनको दाबी छ । 
 

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १६:१३
Weather Update